सृजना बिक रामेछाप
गाेकुलगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड श्री गाेकुलगंगा मावि रस्नालुले हात पारेकाे छ । गाेकुलगंगा गाउँपालिकाकाे आयाेजनामा श्री जट्टेश्वरी माविकाे प्रङ्गानमा यहि फाल्गुन ४ देखि ७ गतेसम्म भएकाे विभिन्न खेलमा गोकुलगङ्गा माविले सबैभन्दा बढि ९ स्वर्ण, २ रजत ४ कास्य सहित शिल्ड हात पारेकाे हाे ।
त्यसैगरी ठोसेको शारदा माविले ५ स्वर्ण,७ रजत, ६ कास्य बिजय हाशिल गरेर दोस्राे स्थान हाशिल गरेको छ।
त्यसैगरी बेतालीको जनजागृत माविले स्वर्ण ५, रजत ४, ४ कास्यसहित हाशिल गरि तेस्रो स्थान हासिल गरेको छ।
यसैबिच नामाडिको कमलादेवी मावि स्वर्ण ४, रजत ३, कास्य २ सहित हासिल गरेर चौथो स्थानमा रहेकाे छ । आयोजक समेत रहेको जट्टेश्वरी मावि चुचरेले २ स्वर्ण ,६ रजत, ४ कास्य , फर्पुको श्री माविले स्वर्ण २, रजत ३, कास्य ३ हात पारेकाे छ ।
यसैबिच कमलादेवी मावि पुरुष भलिबलमा प्रथम हुन सफल भएकाे छ । ठोसेको शारदा माविलाई हराउँदै र कमलादेवि प्रथम भएकाे हाे।
छात्रा तर्फकाे भलिबल खेलमा शारदा मावि ठाेसे प्रथम भएकाे छ । जट्टेश्वरी माविलाई हराउँदै शारदा प्रथम भएकाे हाे । अन्य खेल छात्र दाैडतर्फ १०० मिटरमा कमलादेवि मावि प्रथम , २०० मिटरमा शारदा मावि प्रथम ४०० मिटरमा सेतिदेवि मावि , ८०० मिटरमा श्रीमावि फर्पु, १५०० मिटरमा गाेकुगंगा मावि, ३००० मिटरमा श्रीमावि फर्पु प्रथम भएकाे छ । त्यसैगरी छात्रा दाैडतर्फ १०० मिटरमा गाेकुलगंगा मावि प्रथम , २०० मिटरतर्फ जनजागृत मावि ४०० मिटरमा गाेकुलगंगा मावि ,८०० मिटरमा गाेकुलगंगा मावि, १५०० मिटरमा गाेकुलगंगा मावि र ३००० मिटरमा जट्टेश्वरी मावि प्रथम भएकाे छ ।
खेलकाे उदघाटन ४ गते रामेछाप जिल्ला प्रदेश (क) का प्रदेश सांसद तारानारायण श्रेष्ठले गर्नुभएकाे थियो भने समापन रामेछापका संघिय सांसद कान्छाराम तामाङले गर्नुभएकाे थियाे ।



















Discussion about this post