सोलुखुम्बु-रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा ५ वर्षे स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी बैठक गाउँ पालिकाको कार्य मुक्लीमा सम्पन्न भएको छ ! गाउँपालिका अध्यक्ष असिम राई को अध्यक्षतामा सम्पन्न बैठकमा,गाउँ पालिका उपाध्यक्ष सबिता राई लगाएत गाउँ पालिका शिक्षा समिति,रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमिरे, शिक्षा विकास संयोजक केशव गिरी शिक्षा विकास अधिकृत प्रेम रोकायाको उपस्थिति रहेको थियो ! रीड नेपालको तर्फबाट बैठकको प्रस्ताव तथा शैक्षिक योजनाको ढाँचा रीड नेपालका अनुगमन तथा मूल्यांकन प्रबन्धक उपेन्द्रराज जोशीले प्रस्तुत गर्नु भएको थियो । बैठकमा योजना निर्माणका लागि कार्याशाला गोष्ठीको मिति तय,सहभागी सूची निर्धारण, योजना तर्जुमा समिति निर्माण तथा कार्याशाला संचालनका लागि आवश्यक तथ्यांक संकलन गर्ने निर्णय गरिएको छ निर्माण समितिमा गाउँपालिका शिक्षा समिति, वि व्य स, शिक्षाप्रेमी, रीड नेपाललाई समावेश गरिएको छ !
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले शिक्षा क्षेत्र आफ्नो विशेष प्राथमिकतामा रहेकोले यस योजनाले गाउँपालिकाको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै योजना निर्माण कार्यशाला गोष्ठीमा सहभागी सबैलाई अनिवार्य र पूर्वतयारीका साथ आवश्यक सूचना र तथ्यांकसहित सहभागी हुन निर्देशन दिनु भयो साथै उत्कृष्ट योजना निर्माण हुने विश्वास व्यक्त गर्नु भयो
स्थानीय तह शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी फागुन १४ देखि १६ मा संचालन गर्ने गाउँपालिकाले जनाएको छ, कार्यक्रममा रीड नेपालको सहजीकरण रीड नेपालका विषय विज्ञहरुबाट गरिनेछ, कार्यशालामा गाउपालिका शिक्षा समिति, सबै वडाध्यक्ष, मा वि का सबै प्र अ, स्थानीय स्रोत शिक्षक, फोकल शिक्षक, वि व्य स, शि अ संघ, अभिभावक, बालक्लब, अन्य सरोकारवाला, लगाएतको उपस्थिति रहने जनाएको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास अधिकृत केशबदेब गिरीले बताउनुभयो ।



















Discussion about this post