सोलुखुम्बु । सदरमुकाम सल्लेरी नजिक गाई काट्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महाकुलुङ गाउँपालिकाका राजकुमार राई, अस्ती कुमारी राई, फुलमाया राई र प्रेम रसाइली रहेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार उनीहरुलाई सोलुदुधकुण्ड नगरपालिका ५ क्याम्पस टोलमा गाई काट्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा बिहिवार दिउँसो १ बजे नियन्त्रणमा लिइएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनिहरु सल्लेरीमा अस्थायी रुपमा बसोबास गर्दै आएको खुलेको छ ।



















Discussion about this post