सोलुखुम्बुका माध्यमिक तहका प्रधानाध्यापकहरुको लागि एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

सोलुखुम्बु-जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ सोलुखुम्बुमा माध्यमिक तहका प्रधानाध्यापकहरुको लागि एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापकबाट असल अभ्यासको आदनप्रदान कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको इकाई प्रमुख खगिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु जिल्लाको शैक्षिक विकासको लागि प्रदेश १ सरकारको तर्फवाट महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद वास्तोलाले शैक्षिक गुणस्तरलाई बढाउन सरोकारवाला निकायले हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको औंल्याउनुभयो ।
सोलुखुम्बुमा सामुदायिक ४७ वटा र संस्थागत ४ वटा गरी ५१ वटा माध्यमिक विद्यालय रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी एवं विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार