चरिखोला लघुजलबिधुतको उपभोक्ता र सरोकारवाल बिचको बैठक सम्पन

सोलुखुम्बु-रामेछापको उमाकुण्ड गाउँपालिका वडा न १ मा उत्पादन हुँदै आएको चरिखोला लघुजलबिधुत उपभोक्ता समिती ,जनप्रतिनिधि ,सरोकारवाला,र सेवाग्राहीहरु बीच बृहत छलफल लिखुपिकेे गाउँपालिकाको वडा न ४ डुडामा सम्पन्न भएको छ ।
मिटर बक्स जडानमा पारदर्शी नदेखिएको ,बिधुत प्रदायक संस्थाले उपभोक्ताले बुझाएको सेरको प्रमाणपत्र तथा अभिलेख थोरै उपभोक्ताको मात्र देखिएको उपभोक्ताले बुझाएको बिधुत महसुलमा उपभोक्ता समितीले मनलाग्दी गरेको भनि छानमिनको लागि उपभोक्ताहरुले लिखुपिके गाउँपालिकामा उजुरी दिएका थिए त्यहि अनुरुप आइतबार बृहत भेला बसेको हो ।

भेलामा लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा, वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, समाजसेबी पोष्टकुमार कार्की वडा न ४ कि वडा महिला सदस्य डोमा शेर्पा लगायत बिधुत उभोग गर्ने उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

आम भेलाले चरिखोला जलबिधुतमा भएका शेर सम्बन्धि ,मिटर जडान सम्बन्धि लगायतको अध्ययन गरी ७ दिनभित्र प्रदिबेदन बुझाउन समाजसेबी बौद्विक ब्यक्तित्व उपभोक्ताको तर्फबाट पोष्टकुमार कार्कीको संयोजकत्वमा ५ सदस्य छानमिन समिती गठ्न भएको छ।
जसमध्ये शंखर बहादुर बस्नेत लिखु ग्रामिन बिधुत सहकारी संस्थामार्फत ,प्यासिफिक पावर प्रालिको तर्फबाट इन्द्रजित कार्की, भिमसेन बस्नेत, उपभोक्ताको तर्फबाट र बिधुत उपभोक्ता समितीको तर्फबाट बिदुर प्रसाद सुबेदि रहेका छन । उक्त जलविद्युतबाट प्रसारित बिधुत उमाकुण्डका केहि र लिखुपिकेका गरि ४२० घर भन्दा माथिले उपभोग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार