उमाकुण्ड १ चामारु जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर

रामेछाप-रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा न १ र २ को सिमाना चामारु भिरखर्क जङ्गलमा केहि दिन अघिबाट लागेको डँढेलो पुन फैलिएको छ । केहि दिन अघि मात्र डँढेलो नियन्त्रण भएको भएता पनि अत्याधिक हावाहुरीका कारण आज दिउँसो बाट पुन डँढेलो नियन्त्रण बाहिर गएको छ । केहि दिन अघि मात्र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुख सहित गाउँपालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगायतको टोली आइ आगलागि स्थलको अनुगमन गरेको थियो ।

उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा बाम्ती प्रहरी चौकी , नेपाली सेना र केहि स्थानिय बासी लागेपनि सुख्खा मौसम र हावाहुरीका कारण नियन्त्रण गर्न कठिनाईका साथ केहि दिन अघि नियन्त्रण भएको थियो । तर आज बिहान जङ्गलको बीचमा सानो आगो धुवाँ देखिएको थियो त्यसैबाट अहिले पुरै आकाशमा कालो बादल सरी देखिएको छ । आगो नियन्त्रणमा तत्काल सम्बन्धित निकाय र स्थानिय बासी नलागे थप जङ्गल नास हुने निश्चित देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार