पाँच स्वर्ण पदक सहित चण्डेश्वरी माबि प्रथम

रामेछाप -उमाकुण्ड गाउँपालिकाले खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाब र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यका साथ आयोजित उमाकुण्ड गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९, भब्य रुपमा सम्पन्न भएको छ ।

माघ २२ गते आइतबारबाट २४ गते आजसम्म सञ्चालन भएको राष्ट्रपती रनिङ सिल प्रतियोगिता गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार ज्यूको सभाध्यक्षमा प्रतिनिधि सभा सदस्य माननीय पूर्णबहादुर तामाङ ज्यूको प्रमुख आतिथ्यमा, गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ, सातै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, ४६ वटा विद्यालयका प्रधानाध्यापक ज्यूहरु, विभिन्न संघसस्थाका प्रतिनिधिकहरु, खेलप्रेमीहरु, शिक्षकहरु, विद्यार्थीहरु, पत्रकार, स्काउटर, सुरक्षाकर्मी,अभिभावक लगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
स्काउटको समेत सक्रिय भुमिका रहेको समापन कार्यक्रममा स्काउट ट्रुपले मार्च पास र परेड सहित विभिन्न कला संस्कृति भल्किने संस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियाे। उक्त खेलकुद कार्यक्रममा विभिन्न खेल विधामा सबैभन्दा बढी ५ स्वर्ण पदक ६ रजत पदक ४ कास्थ पदक प्राप्त गर्दै श्री चण्डेश्वरी मावि प्रिती विजेता, ५ स्वर्ण ३ रजत ५ कास्थ ल्याउदै श्री महालंगुर मावि द्वितीय र ५ स्वर्ण ३ रजत १ कास्थ प्राप्त गर्दै श्री कैलेश्वर मावि गुप्तेश्वर तृतीय स्थान प्राप्त गरेको हो । सम्पूर्ण विजेता खेलाडीहरूलाई शिल्ड, मेडल प्रमाणपत्र साथै एथलेटिक्स ट्याक र फिल्ड तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः नगद रु २० हजार १५ हजार र १० हजार नगद पुरस्कार, रिले दाैड तर्फ ८ हजार ६ हजार र ४ हजार, भलिबल छात्रछात्रा तर्फ १५ हजार , १० हजार , ५ हजार र ३ हजार शिक्षक कर्मचारी जनप्रतिनिधि भलिबल खेल तर्फ १० हजार, ८ हजार, ५ हजार र ३ हजार र , उत्कृष्ट छात्रछात्रा तथा शिक्षक कर्मचारी जनप्रतिनिधि भलिबल खेलाडीलाई १ हजार ५ सय नगद सहित ट्रफी र प्रमाणपत्र साथै समग्र पदकबाट प्रथम हुनेलाई ४० हजार , द्वितीय ३० हजार, तृतीय २० हजार काे साथमा ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , शिक्षा,युवा खेलकुद शाखाका प्रा.शा. सम्बन्धित बिद्यालयका प्रधानध्यापक, वडा अध्यक्ष लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

कार्यक्रममा खटिने स्वंयसेवक, विद्यालय नर्स, स्काउट शिक्षक, पत्रकार, सुरक्षाकर्मी र सहभागी विद्यालयलाई मायाकाे चिनाे समेत प्रदान गरिएकाे छ । कार्यक्रममा समापनमा बोल्दै गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले खेलकुद कार्यक्रम संचालन र व्यवस्थापनमा सहयाेग गर्ने बुद्धिजीवी, खेलप्रेमी, वडा कार्यलय, सुरक्षाकर्मी, पत्रकार, खेलाडी, विद्यालय, स्काउट सम्पूर्णलाई धन्यवाद दिनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष साबित्री सुनुवारले उमाकुण्ड गाउँपालिकाको नयाँ खेलमैदानमा यति ठुलो कार्यक्रम सञ्चालन सफल हुनुमा सबैको साथ रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बिनिता महतले उमाकुण्ड गाउँपालिकामा असल जनप्रतिनिधि पाएकोमा हरेक काम गर्न सहर्ज भएको भन्दै खुसि ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा आएर बिजेत उपबिजेता सबै बिद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै रामेछाप जिल्लाका प्रतिनिधि सभा सदस्य पुर्णबहादुर तामाङ(कान्छाराम) ले खेलमैदान रामेछाप जिल्लाकै बिगट गाउँपालिकामा यति राम्रो बन्नु खुसिको कुरा रहेको भन्दै गाउँपालिकालाई धन्यवाद ब्यक्त गर्नुभयो ।
साथै आगामी ५ बर्ष बिकास गर्न आएकाले किकास गरेर देखाउने बताउनुभयो । यसअघि कार्यक्रमको उदघाटनमा भनि प्रदेश सभा सदस्य माननिय तारानारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार