सोलुखुम्बुमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गयो

सोलुखुम्बु : सोलुखुम्बुमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मुत्यु भएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय हेम कुमार राईको दुर्घटनामा परेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शााहले जानकारी दिनुभयो ।

आज दिउँसो करिब १२ बजे माप्यदुधकोशी गाउँपालिका ४ काँकुबाट बासा जादै गरेको बा ४४ प २६१९ नम्बरको पल्सर मोटरसाइकल रमिते डाँडामा दुर्घटना हुँदा राईको मुत्यु भएको प्रहरी जनाएको छ । गम्भिर घाइते हुनुभएका राई उपचारको क्रममा प्राथामिक अस्पताल खास्ताव मुत्यु भएको हो । बाहिरी शरिरमा भने चोट नदेखिएको अधिकारी शाहले बताउँनुभयो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार