रामेछापको उमाकुण्डमा बन्यो जिल्लाकै ठुलो खेल मैदान, राष्ट्रपति रनिङ सिल्ड त्यही मैदानमा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा जिल्लाकै सबैभन्दा ठुलो खेल मैदान बनेको छ ।उमाकुण्डको केन्द्र प्रीति च्यादोलुमा सो खेल मैदान बनेको हो । करिब २० रोपनी जमिनमा बनेको खेल मैदान जिल्लाकै अहिलेसम्मको ठुलो खेल मैदान हो । नवनिर्मित खेल मैदानमा आइतबारबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता चलिरहेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेको खेल प्रतिभालाई उजागर गर्दै स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा विशेष टेवा पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षमामा प्रारम्भ भएको प्रतियोगिता वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठको प्रमुख आतिथ्यमामा उदघाटन भएको हो । अहिले भलिबल बिधाका खेलहरु चलिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार