रामेछापको उमाकुण्ड गाउँपालिकाले आयोजना गरेको उमाकुण्ड गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९, को तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ ।
यहीँ माघ २२ गते अर्थात भोली आइतबारदेखि माघ २४ गतेसम्म सचांलन हुने तेस्रो राष्ट्रपती रनिङ सिल प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य माननिय तारानारायण श्रेष्ठ ले उदघाटन गर्ने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिका भित्रको सम्पूर्ण सामुदायिक विद्यालयहरु सहभागि हुनेछन उमाकुण्ड गाउँकार्यपालिकाको मिति २०७९।१०।२० गतेको निर्णय अनुसार स्थानीय विदाबाट कट्टा हुने गरी विदा दिने निर्णय समेत गरेको छ । साथै सम्पूर्ण खेलप्रेमी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई खेलकुद कार्यक्रममा उपस्थित भई खेल हेरेर कार्यक्रमको शोभा बढाई दिनुहुन समेत सादर अनुरोध गाउँपालिकाले गरेको छ ।



















Discussion about this post