उमाकण्ड १ भिरखर्क जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

रामेछाप
रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा न १ भिरखर्कमा आइतबार दिउँसो बाट लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो निबाउन बाम्ती प्रहरी चौकी ,नेपाली सेना र केहि स्थानिय बासी लागेपनि सुख्खा मौसम र हावाहुरीका कारण नियन्त्रण गर्न नसकीएको बाम्ती प्रहरी चौकीकी प्रमुख भुबण श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार करिब १२ बजेबाट सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणमा स्थानियबासी हरुको कम उपस्थिती रहेरकाले आगो नियन्त्रणमा समस्या आएको स्थानिय रमेश कार्कीले बताउनुभयो । साथै आगो नियन्त्रणमा सोमबार आफुहरु दिनैभरी खटिएको बताउनुभयो ।

उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती र वडा नं १ गुम्देलको सिमानामा अवस्थित चामरुको जङ्गलमा लागेको आगोले कुनै मानवीय धनजनको क्षति नभए पनि स्थानीय पर्यावरणलाई सन्तुलित राख्न साथै वन र वनसम्पदाको संरक्षणका लागि सोको नियन्त्रण गर्न स्थानीय तहदेखि जिल्लास्थिति सरकारी निकायहरु र सरोकारवालाहरु सबैमा हार्दिक अपिल र अनुरोध गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार