गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल उदेश्य बोकेको शैक्षिक क्षेत्रको विकासमा सहयोग गर्दै आएको संस्था रिड नेपाल सोलुखुम्बुको आयोजना तथा लिखुपिके गाउँपालिकाको समन्वय सहकार्यमा आधारभुत तह शिक्षक क्षमता अभिबृद्वि तालिम आजबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सुरु भएको छ ।

५ दिनसम्म चल्ने तालिममको उदघाटन गर्दै लिखुपिके गाउँपालिका शिक्षा शाखा संयोजक रेखराज बस्नेतले यस्ता किसिमका तालिम आगामी दिनमा पनि सञ्चालन गर्न गाउँपालिका शिक्षा शाखा सक्रिय रुपमा लागि पर्नेे संयोजक बस्नेतले सिधा प्रेसलाई बताउनुभयो ।
तालिममा,बिज्ञान,गणित,अङ्ग्रेजी ,नेपाली,सामाजिक, बिषयमा तालिम प्रदान गरिने रिड नेपाल सोलुखुम्बुका शिक्षा प्रबन्धक मुक्ति घिमिरेले बताउनुभयो ।

तालिममा हाल लिखुपिके गाउँपालिका भित्र रहेका २२ वटा बिद्यालयका ६४ जना शिक्षक शिक्षिका सहभागि रहेका छन भने २ जना स्थानिय श्रोत शिक्षक रहेका छन । रिड नेपालले यसअघि पनि बिभिन्न समयमा तालिम सञ्चालन गरी रहेको छ । यस पटक भने गाउँपालिकाको समन्वय तथा सहकार्यमा सबै बिद्यालयका शिक्षकहरुलाई तालिम दिन लागेको हो । तालिमको प्रशिक्षक रुपमा राजिब ढुङ्गाना, सरोज गौतम,सोनाम लामा,प्रेम बहादुर रोकाया, सुजता राई र बिष्णु प्रसाद उपाध्यायले गरिरहनु भएको छ ।




















Discussion about this post