सोलुखुम्बु सोलुखुम्बुको २ वटा जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ सिगाने स्थित वनमा ३ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शनिवार बिहान ९ बजेबाट सुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन । यस्तै सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रको रात्नागी सामुदायिक वन क्षेत्रमा आइतवारबाट सुरु भएको डढेलो पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।



















Discussion about this post