ट्रकले ठक्कर दिँदा भुजीका स्मायल सुनुवारको घटना स्थलमै ज्यान गयो

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीका एक युवालाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका ७ भुजी घर भएका वेदबहादुर सुनुवारका छोरा स्मायल सुनुवार रहेका छन् ।

बा ८६ प ९७६५ नम्बरको मोटरसाइकलमा सवार सुनुवारलाई यूपी ७८ एफसी १८४८ नम्बरको भारतीय ट्रकले गत बुधवार ठक्कर दिएको मनोज कुमार सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘घटना स्थलमै अन्दस्पट् डेथ भएको हो दुखित हुँदै सुनुवारले रामेछाप टाइम्सलाई भने ।

काठमाडौँ स्थित गोकर्णेश्वार नगरपालिका ५ शिव चोक बारी कोरिडोर क्षेत्रमा बिहान ११ बजेको समयमा सुनुवारलाई ट्रकले एक्कसी ठक्कर दिएको थियो ।ठक्कर दिने ट्रक चालक भारत सुल्लानापुर जिल्ला हनुमान नगर घर भई हाल काठमाडौँको थली मदुवार बस्दै आएका ३० वर्षीय मनोज कुमारलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार