सोलुखुम्बु- धौलागिरी हिमाल क्षेत्रमा लडेर वेपत्ता सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल बोगलका २७ वर्षीय बालकुमार कार्कीको शव भेटिएको छ ।
गएको असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका कार्कीको शव फेला परेको हो ।हिमपात भएको बेला बेपत्ता कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताउनुभयो । उहाँको शव हेलिकप्टरमार्फत् पोखरा ल्याएर गाडीबाट काठमाण्डौ ल्याइएको छ ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । गाईड कार्की बेसक्याम्पको खरपासमा खसेर बेपत्ता हुनुभएको थियो ।



















Discussion about this post