सोलुखुम्बु – ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ६ का ७० वर्षीय ल्हाक्पा शेर्पा मृत भेटिएका छन् ।
विहिबार साँझ घर नजिकैको गोठमा जान्छु भनि हिडेका शेर्पा आज गोठमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनास्थलमा खिजिफलाटे प्रहरी चौकीबाट प्रहरी खटिएको प्रहरी नायब उपरीक्ष सुकदेव खनालले जानकारी दिए । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



















Discussion about this post