पोखरा:गरिमा परियोजना अन्तर्गत रीड नेपाल र ग्रीन तारा नेपालको आयोजना तथा स्थानीय तहको समन्वयमा पोखरामा २ दिने धामी पुजारा भेला सम्पन्न भएको छ, सुदूरपश्चिममा छाउपडी प्रथा अझै केही न केही रुपमा कायमै रहेको अवस्थामा छाउपडी प्रथालाई न्यूनीकरण गर्नाको लागि कार्यक्रमको आयोजना गरिएको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले जानकारी दिनु भयो ।
कार्यक्रमा बझाङको खप्तड छान्ना गाउँपालिका र बाजुरा जिल्लाको खप्तड छेदेदह गाउँपालिकाका ५० जना धामी पुजराहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिममा महिनावारी भएको बेला छुट्टै ठाउँमा राख्ने खाना पकाउन नमिल्ने गाई भैशीको दूध खान नहुने , अरुलाई छुन नहुने भन्ने अन्ध विश्वास कायम रहेको देखिन्छ त्यसो गरेमा देवी देवता रिसाउने र पाप लाग्छ भन्ने चलन छ, यही कुरालाई चिर्न स्थानीय स्तरमा देवी देउताका दुतको रुपमा मानिने धामी पुजारा हरुलाई नै बुझाउदा छाउपडी प्रथालाई घटाउन सकिने सस्थाको विश्वास रहेको छ, कार्यक्रममा छाउ (महिनावारी ) हुनु भनेको कुनै पाप नभई प्राकृतिक नियम हो, छाउभएको बेला खाना बनाउदा , दही दूध खादा कुनै असर नपर्ने , छुवाछुतको नाममा एक्लै गोठमा राख्दा जंगली जनावरको , सर्पको जोखिम हुने हुँदा ज्यान कै खतरा हुने हुदा मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी नाराका साथ भेलामा बहस छलफल भएको रीड नेपालले जनाएको छ
भेलामा स्थानीय लामा गुरु पुरोहित हरुलाई समेत अनुभव साटासाट गर्न लगाइएको थियो कार्यक्रममा २२ बुदे घोषणा पत्र समेत निर्माण गरिएको थियो जसमा छाउपडी प्रथा हटाउन तथा महिनावारीलाई व्यवस्थित गर्न आफ्नो सकारात्मक भूमिका रहने धामी पुजाराहरुले एक्यबद्धता जनाएका थिए । कार्यक्रम पोखराको माउन्ट कैलास होटेलमा सम्पन्न भएको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशब देब गिरीले सिधा प्रेसलाई बताउनुभयो ।



















Discussion about this post