रीड नेपालको आयोजनामा सोलुखुम्बुको बुङमा क्षमता अभिवृद्धि तालिम सुरु

सोलुखुम्बु-रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम आजबाट सगरमाथा मा वि बुङमा सुरु भएको छ । रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो। कार्यक्रममा प्रमुख प्राशाशकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास समिति संयोजक प्रखिधन राई, शिक्षा शाखा प्रमुख झमक बहादुर कटवालको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सूर्य बहादुर राईले शिक्षकहरुलाई सक्रिय रुपमा तालिममा सहभागी भएर सिकेका सिपहरु व्यवहारमा उतार्न आग्रह गर्नु भयो । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयका शिक्षक हरुको सेवा सुबिधा बढी नै भएकोले निजि विद्यालयका शिक्षकहरु झैँ मिहिनेत गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा शिक्षकको महत्त्वोपूर्ण योगदान हुने बताउनु भयो शैक्षिक सुधारमा लामो समयदेखि रीड नेपालको महत्त्वपूर्ण योगदान रहेकोमा धन्यवाद दिदै सबै विद्यालयलाई कार्यक्रममा सहभागी गरी दिन रीड नेपाललाई आग्रहगर्नु भयो ।
तालिममा महाकुलुङ गाउँपालिकाका ८ विद्यालयका २४ जना शिक्षक र दूई जना स्थानीय स्रोत शिक्षक गरी २६ जनाको सहभागिता रहेको छ । तालिममा अंग्रेजी,गणित, विज्ञान प्रविधि र सामाजिक विषयलाई समेटेर प्रशिक्षण दिने रीड नेपालले जनाएको छ ।तालिमको सहजीकरण अंग्रेजी मुक्ति घिमिरे, गणित सरद गौतम , विज्ञान राजीभ ढुंगाना, सामाजिकमा विष्णु प्रसाद उपाध्याय र सुजाता राई र प्रविधिमा सोनाम लामाले गरिरहेका छन् । यस अगाडि सोलु दुधकुण्ड नगरपालिका , माप्या , नेचा , थुलुङ मा यस्तै तालिम कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार