सोताङमा आधारभूत तहका शिक्षकहरुका लागि ५ दिने तालिम सुरु

सोलुखुम्बु-रीड नेपालको आयोजना तथा सोताङ गाउँपालिकाको समन्वयमा ५ दिने आधारभूत तहको शिक्षकहरुका लागि अंग्रेजी, गणित, विज्ञान प्रविधि र सामाजिक विषयको तालिम आजबाट सोताङमा सुरु भएको छ ।

सोताङ पब्लिक क्याम्पस सुरु कार्यक्रमको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले उद्घाटनगर्नु भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले शिक्षक नै विद्यालय सुधारको मुख्य आधार भएकोले जिम्मेवारीपूर्बक काम गर्न आग्रह गर्नु भयो ।
तालिम शिक्षकका लागि अति आवस्यक भएकोहुदा तालिममा सकृय भएर सहभागी हुन पनि अनुरोध गर्नु भयो तालिममा सोताङ पालिकाका ७ विद्यालयका २१ जना र महाकुलुङ पात्ले आ विका ३ जना र २ जना स्थानीय स्रोत गरी २६ जना शिक्षकहरुको उपस्थिति रहेको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङको पनि उपस्तिथि रहेको थियो । यहि प्रकृतिको तालिम सोलु दुध कुण्ड नगरपालिकामा माप्य,थुलुङ र नेचासल्यानमा सन्चालन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार