वडा न ४ मा सञ्चालन भएका आयोजनाको अनुगमन तथा सहजिकरण

सोलुखुम्बु:वडा न ४ र गाउँपालिका बाट आर्थिक बर्ष २०७९/८० मा सञ्चालन भईरहेका बिभिन्न आयोजनाहरुको स्थलगत अनुगमन तथा सहजिकरण गरिएको छ । लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा वडा न न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत , वडा प्राबिधिक सुदर्शन यादब,लगायतले आयोजना सञ्चालन भईरहेका तथा सम्पन्न भएका स्थलहरुमा अनुगमन तथा सहजिकरण गरेका हुन ।

वडा न ४ मा सञ्चालन भएका आयोजनाहरु रिन्डाडा खानेपानी मर्मत रु १ लाख ५० हजार ,चौरिखर्क आर्यघाट रु २ लाख ,लेलपु सडक सोलिङ रु ४ लाख , तादिङ ,उप्चाङ गोरेटो बाटो सिडि निर्माण रु ३ लाख , नाम्जाङ दोछिम गोरेटो बाटो सिडि निर्माण रु ३ लाख को अनुगमन र सहजिकरण गरिएको वडा अध्यक्ष बस्नेतले सिधा प्रेसलाई बताए ।

साथै गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पाले उपभोक्ता समिति पदाधिकारी र काममा खटिनु भएका सबै उपभोक्तहरुलाई धन्यवाद ब्यक्त गरे ।

वडा न ४ मा आर्थिक बर्षमा सञ्चालन हुने आयोजनाहरु हाल करिब ८० प्रतिशत सकिएको र फाल्गुन भित्र वडाको सबै आयोजना सक्ने योजनामा वडा समिति लागेको वडा वडा न ४ का वडा अध्यक्ष बस्नेतले बताए । हाल सम्म साना ठुला १० वटा आयोजना सकिएको र अब ५ वटा कामहरु बाकी रहेको पनि वडा अध्यक्ष बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार