चन्द्रज्योती माबिका पुर्ब प्र.अ. शेर्पालाई कदर प्रमाणपत्र द्वारा सम्मान तथा बिदाई

सोलुखुम्बु:हिमाली जिल्ला सोलुखुम्बु त्यहि जिल्लाको सानो अनि बिगट गाउँपालिका हो लिखुपिके गाउँपालिका जहाँ ३ वटा माबि गरी २२ वटा बिद्यालय रहेका छन । अहिले गाउँपालिकाको नमुना बिद्यालय बन्दै गएको उदाहरण भनि लिखुपिके वडा न ५ भकान्जेमा रहेको चन्द्रज्योती माबिले दिइरहेको छ ।
सोहि बिद्यालयको आजको दिनसम्म ल्याइपुर्याउन थुप्रै संघ सस्था ब्यक्ति समुदाय , बिद्यालयका शिक्षक, अबिभाबक बिद्यालय प्रशासन, ब्यबस्थापन समितीको उत्तिकै भुमिका रहेको पाइन्छ ।

यसै क्रममा बिद्यालयको अर्धबार्षिक परिक्षाको परिक्षाफल प्रकाशनको एक कार्यक्रमकम बिच बि. स २०४६ साल फाल्गुण ११ गतेदेखि शिक्षण पेशामा रहि शिक्षण जस्तो गरिमामय पदमा रही २०४९ साल चैत्र १ गतेदेखि २०७६ साल माघ ५ गतेसम्म प्रधानध्यापकको जिम्मेवारी समाहाल्दै शैक्षिक जगतमा बिद्यालय तथा समाजको बिकासमा समेत महत्त्वपूर्ण भुमिका निर्बाहा गरेको भन्दै चन्द्रज्योती माबिका पुर्ब प्रधानध्यापक आङदावा शेर्पालाई कदर पत्र सहित बिद्यालयले सम्मान तथा बिदाई गरेको छ ।

सम्मान तथा बिदाई कार्यक्रम बोल्दै लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना बस्नेत (कार्की)ले बिद्यालयमा लामो समय शिक्षण गराउनु भएका शेर्पाको बिद्यालय प्रतिको मायाँको उच्च सम्मान गाउँपालिकाले गरिरहने बताउनुभयो । साथै पठ्नपाठनमा समेत बिद्यालय राम्रो रहेकाले आगामी दिनमा समेत यस बिद्यालय हरेक क्षेत्रमा सफलता प्राप्त गर्न अगि रहने बताउनु भयो ।

कार्यक्रममम बोल्दै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा वडा न ५ का वडा अध्यक्ष ङिमछिरी शेर्पाले बिद्यालयमा हुँदा होस नहुँदा होस उहाँले बिद्यालय प्रति देखाउनु भएको जागरुपताले नै आज चन्द्रज्योती ज्योती जस्तै चम्किरहने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानध्यापक लाक्पा शेर्पाले करिब ३ बर्षसम्म चन्द्रज्योती माबिमा बिताई माबि तहसम्म स्विकित गर्दै माबि बनाउन समेत उहाँले ठुलो भुमिका खेलेको बताउनुभयो । साथै दातृ निकाय सँग समेत सहयोग लिई बिद्यालयमा थुप्रै सहयोग गरेकाले बिद्यालयले सँधै सम्झिरहने बताउनुभयो ।

लामो समय बिद्यालयमा रहि सिमित श्रोत साधनमा पनि आफुले सकेसम्म सबैको सहयोगमा बिद्यालय सञ्चालनमा अनाबरत रुपमा खटेको र अझै पनि आफुले सक्ने सहयोग गरिरहने प्रतिबद्धता समेत पुर्ब प्रधानध्यापक आङदावा शेर्पाले गर्नुभयो । पुर्ब प्रधानध्यापक शेर्पालाई बिद्यालयका शिक्षक , अबिभाबक , बिद्यार्थी लगायत अन्य उपस्थित ब्यक्तिहरुले खाता मालाले सम्मान गदै आगामी थप प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।

बिद्यालयको अर्धबार्षिक परिक्षाको परिक्षाफल प्रकाशन सँगै बिद्यार्थीहरुलाइ सटिफिकेट बितरण , तथा पुरस्कार बितरण समेत बिहिबारन नै गरिएको छ भने हिजैबाट जाडो बिदा पनि दिइएको बिद्यालय प्रशासनले जनाईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार