गाउँपालिकाको १० लाख बजेटमा लिखुपिके ४ कुँडार पैराखोलामा बन्यो ग्याविन जालीवाल

सोलुखुम्बु:लिखुपिके गाउँपालिकाको १० लाख बजेटमा डुडा, फोती , कुँडार सड्क अन्तर्गत पहिरो खोला कुडार ग्याविन जाली निर्माण सम्पन्न भएको हो । उक्त रकमबाट निर्माण सम्पन्न ग्याविन जाली को खर्च बिबरण एक कार्यक्रम को बीच सार्बजानिक गरिएको हो ।
लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की(बस्नेत) उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत , वडा सदस्य डोमा शेर्पा लगायत सरोकारवालाहरुको उपस्थितिमा खर्च सार्बजनिक गरिएको निर्माण उपभोक्ता समितीका अध्यक्ष सम्भु खड्काले सिधा प्रेसलाई बताए ।

१० लाख बजेटबाट दुइ ठाउँमा ग्याविन जाली र केहि भाग सोलिङ गरिएको छ । उक्त रकमबाट राम्रो काम भएको सम्बन्धित निकाएको भनाई छ । बर्षाको बेला सँधै पहिरोको लेदो बगिरहने उक्त पहिरो खोलामा अब भने सुरक्षित हुने स्थानियबासीहरु भनाई छ । सकेसम्म गुणस्तरीय काम गरिएको निर्माण उपभोक्ता समितीका सचिब यज्ञ खड्काले बताए । सार्वजनिक सुनाई कार्यक्रम मार्फत बोल्दै गाउँपालिका अध्यक्ष मिना कार्की (बस्नेत)ले राम्रो काम गरेकोमा उपभोक्ता समितीलाई धन्यवाद दिनुभयो ।

स्थानियबासीन्दाले भने अन्य ठाउँमा नि बजेट छुट्याएर हिउँद बर्षा नै यातायात सञ्चालन हुन सक्ने बनाउँन वडा, तथा पालिकामा माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार