सोलुखुम्बु महाकुलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोताङका २० वर्षीय ट्रयाक्टर चालक मनोज नेपाली र ट्रयाक्टरमा सवार सोही ठाउँका ३७ वर्षीय उत्तम कुमार राई रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान ब्रोइलर कुखुरा बोकेर सोताङवाट छेस्काम जाँदै गरेको प्रदेश नम्बर २ – ०३ – ००१ त २५२१ नम्बरको ट्याक्टर महाकुलुङको पपेलुङ स्थित भित्री सडक खण्डमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये उत्तम कुमार राईको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि हेलिकोप्टरमार्फ काठमाण्डौं लगिएको छ भने चालक मनोज नेपालीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।
दुबैजनाको टाउको र शरिरमा चोट लागेको थियो । सहचालक २१ वर्षीय महेन्द्र कुुलुङ भने सकुसल रहेका छन् ।



















Discussion about this post