जिल्लाको चौतर्फी विकासमा पहल गर्ने सांसद राइको प्रतिबद्धता

सोलुखुम्बु नेकपा एमालेका सांसद मानवीर राईले जिल्लाको चौतर्फि विकासमा संसदमा पहल गर्ने बताउनुभएको छ ।

बिहीबार संघीय संसद भवनमा शपथग्रहण पछि सिधा प्रेससँग कुराकानि गर्दै सांसद राईले सोलुखुम्बु जिल्ला दुर्गम हिमालि जिल्ला भएकाले संसदमा जिल्लाको चौतर्फि विकासका लागि पहल गर्ने बताउनुभयोे ।

सांसद राईले पर्यटन, विद्युत, कृषि, सडक लगायतका क्षेत्रमा जोड दिने बताउँदै पाँच वर्षभित्र जिल्लामा उल्लेख्य परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै सांसद राईले मुलुकको दीर्घकालीन हित केन्द्रित नीति नियम निर्माणमा जोड दिने बताउदै देशभित्र देखिएका शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, लगायतका क्षेत्रका समस्या नीतिगत रुपमा समाधानतर्फ उन्मुख हुने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार