रीड नेपालद्वार मुक्लीमा क्षमता अभिबृद्धि तालिम सुरु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा ५ दिने शिक्षक क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । रीड नेपालको अयाोजनामा मुक्ली स्थित वीरेन्द्रदय माविमा सुरु तालिमको गाउँपालिकाका सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरिले सिधा प्रेसलाई जानकारी दिनुभयो ।
५ दिनसम्म चल्ने तालिममा सामाजिक, टेक्नोलोजी, अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई समेटेर प्रशिक्षण गरिने छ । १५ विद्यालय रीड नेपालको तर्फबाट र बाँकी विद्यालयलाई पालिकाको तर्फबाट गरि ८९ जना शिक्षकको सहभागिता रहेको छ । तालिमको अङ्ग्रेजी तर्फ मुक्ति घिमिरे, सामाजिक विषयको विष्णु प्रसाद उपाध्याय, गणितको सरद गौतम र विज्ञान राजीव ढुंगानाले सहजिकरण गरिरहेका छन् ।

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष महेन्द्रदिप राई, शिक्षा शाखा प्रमुख गणेश गुरुधामी लगायतको उपस्थिती रहेको थियो । यसैबीच, नेचासल्यान गाउँपालिकामा र माप्य दुधकोशी गाउँपालिकाका २०र२० जना जेण्डर फोकल शिक्षकलाई ३ दिने लैङिक समानता तथा सामाजिक समावेशीकरण सम्बधी ३ दिने तालिम प्रदान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार