लिखुपिकेका दीर्घ रोगीहरुका लागि निशुल्क ओैषधी

सोलुखुम्बु हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले दीर्घ रोगि हरूका लागि निशुल्क औषधि वितरण गरेको छ । गाउँपालिकाले पहिलो चरण अन्तरगत प्रत्येक वडा भित्र रहेका स्वास्थ चौकीलाई दैनिक ओैषधी सेबन गरिरहेका बिरामीहरुका लागि ओैषधी पठाइने र यो महिना स्वास्थ्य सँस्थाबाट बितरण गरिने स्वास्थ शाखा प्रमुख ज्ञानु कार्कीले बताउनुभयो ।
गाउँपालिका भित्रका घरहरूमा नियमित प्रयोग गर्ने औषधिहरूको तथ्यांक लिई सकेकाले सवै वडाहरूमा औषधि पठाउने व्यवस्था मिलाईसकेको र वडाका जनप्रतिनिधि,स्वयंसेवक,स्वास्थ्यकर्मीबाट सवैका घरमा ओैषधी पुर्याउने लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना बस्नेत(कार्की)ले बताउनुभयो । बिहिबार एक कार्यक्रमका बिच गाउँपालिका भित्रका केहि दिर्घ रोगिलाई आजै ओैषधी बितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार