सोलुखुम्बु सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ५ भकान्जेमा स्थापना भएको भकान्जे टीस्टेट प्रालिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा न्युनतम १ हजारदेखि अधिकतम १ लाखसम्म शेयरमूल्य रहेको उक्त भकान्जे टीस्टेट प्रालिमा हाल ७१ जना शेयर सदस्य रहेको उक्त प्रालिका व्यवस्थापक दोर्जी तामाङले सिधा प्रेसलाई जानकारी दिनुभयो। साधारणसभामा बोल्दै व्यवस्थापक तामाङले भकान्जे टीस्टेट प्रालिका लागि लिखुपिके गाउँपालिका वडा नम्बर ५ का लगभग १ सय १९ जनाले चिया खेती गर्दै आएको बताउनुभयो ।

आगामी दिनमा भकान्जेमा उत्पादन भएको चियाले अमेरिकामा बजार पाउने भकान्जे टीस्टेट प्रालिकी सचिव जानकी खड्काले बताउनुभयो । ‘हामीले यहाँ उत्पादन भएको चिया १० केजी स्याम्पल (नमुना) का लागि अमेरिका पठाइएका थियौं, उहाँहरुले मन पराउनुभएको छ । कति किन्ने भन्ने कुरा एकिन भएपछि अर्डर गर्छौं भनेर अमेरिकाले भनेको छ ।’ सचिव खड्काले अबको योजना चियाको गुणस्तर बढाउने र बजार व्यवस्थापन गर्ने रहेको सिधा प्रेससँग बताउनुभयो ।
त्यस्तै, उहाँले भकान्जेमा उत्पादन भएको चिया भकान्जेबासीलाई नै प्रयोग गर्न आग्रह गर्दै बाँकी चिया अन्य देशमा निर्यात गर्नुपर्नेमा जोड दिनुभयो । हाल लिखुपिके पाँचका कृषहरुले उत्पादन गरेको चिया भकान्जे टीस्टेट प्रालिले संशोधन गरेर डेनमार्क निर्यात गर्दै आएको छ । अहिले भकान्जे लगायत आसपासका कृषकहरुमा समेत चिया लगाउन जाँगर चलेको पाइन्छ ।



















Discussion about this post