सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजार भिषण आगलागी भएको छ । मङ्गलबार आज करिब ४ बजेबाट सुरु भएको आगलागीबाट ५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगलागीवाट बुद्धि बहादुर कार्की, कल्पना बस्नेत, रमेश बस्नेतको घर नष्ट भएको छ भने प्रणय राईको घरमा समेत आगो प्रवेश गरेको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । स्थानीय र प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिएको जनाइएको छ घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।



















Discussion about this post