ओखलढुंगा-ओखलढुंगाको खिजिदेम्बा ७ रावादोलुमा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ तलुवा र महिलातर्फ आयोजक समूहले जितेको छ । वडा नं. ७ को आयोजनामा पौष १ गतेबाट सुरु भएको खेल आईतबार सम्पन्न भएसँगै पुरुषतर्फ तलुवा र महिला तर्फ आयोजक समूह रावादोलुले विजय हाँसिल गरेको हो ।
पुरुषतर्फ श्रीचौर द्वितीय, रावादोलु तृतीय र सोलुखुम्बुको लिखुपिके–२ गोलीका समूह सान्त्वना भएका छन् भने महिलातर्फ भुसिङ्गा द्वितीय, खिजिफलाटे तृतीय र भुसिङ्गाले सान्त्वना स्थान प्राप्त गरेको वडा अध्यक्ष डिल्लिराम बस्नेतले जानकारी दिनुभयो । बिजेता खेलाडीलाई पुरुषतर्फ ३० हजार, २० हजार, १० हजार र ७ हजार, महिलातर्फ १० हजार, ७ हजार, ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न खेलमा पुरुषतर्फ ११ र महिलातर्फ ५ समूहको सहभागीता रहेको थियो ।



















Discussion about this post