सोलुखम्बु: सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुको नयाँ भवन उद्घाटनको चार महिनामै चर्किएको छ ।सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्मित भवन गत असार २५ गते मात्रै उद्घाटन गरिएको थियो। निर्माण सम्पन्न ४ महिना नबित्दै चर्किएको छ ।
भवनको अगाडी पट्टि उत्तरतर्फको भागबाट चिरा पर्न थालेको छ। निर्माण सम्पन्न भएको चार महिनामै भवन चर्किन थालेपछि निर्माण कम्पनीको गुणस्तरियतामै प्रश्न उठेको छ।
३० शैय्याको सुविधा सम्पन्न भवन ०७६ साल पुस २७ गतेदेखि निर्माण कम्पनी विकोई रौता जेभिले निर्माण गरी गत असार २५ गते अस्पताललाई हस्तान्तरण गरेको थियो ।
एडमन्ड हिल्लारीले ५४ वर्षअघि स्थापना गरेको नवनिर्मित भवन ७ रोपनी क्षेत्रफलमा बनेको हो ।



















Discussion about this post