बोलेरो दुर्घटनामा घाइते भएका सुनुवारको निधन

रामेछाप- उमाकुण्ड लिग हेर्न दुरागाउँबाट भुजी जाँदै गर्दा भएको बोलेरो दुर्घटनामा परी गम्भीर घाइते भएका वडा सदस्यको ज्यान गएको छ । गत शनिवार उमाकुण्ड गाउँपालिका वडा ७ भूजीको एकराते भन्ने स्थानमा लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँबाट जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा परेका दुरागाउँका ३९ वर्षीय एमालेबाट निर्वाचित वडा सदस्य एवं एमाले निकट युवा सङ्घका नेता बिमल सुनुवारको उपचारको क्रममा आइतबार राति ज्यान गएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार