सोलुखुम्बु-स्थापन्न उदमीहरुका लागि स्थरउन्नती कार्यक्रम अन्तर्गत १५ दिने आधुनिक माहुरी घार निर्माण तथा प्रर्दशन सम्बन्धि तालिम लिखुपिके गाउँपालिकामा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यलयसोलुखुम्बुको आयोजनामा सञ्चालन भएको उक्त तालिममा लिखुपिके गाउँपालिका वडा न २ र ३ का मौरिपालक कृषकहरुको सभागिता रहेको थियो । भने वडा न ४ का केहि कृषक सहभागी भएका थिए ।
पौष १ गते सम्म सञ्चालन भएको तालिमको लिखुपिके गाउँपालिकामा कृषकलाई माहुरीको आधुनिक घार कसरी निर्माण गर्न सकिन्छ , आधुनिक घारमा कसरी मौरि पाल्न सकिन्छ लगायतको बिषयमा तालिम प्रधान गरिएको छ । तालिम पश्चात आधुनिक मौरी घारमा सजिलै मौरी पाल्न सकिने तालिममा सहभागि कृषकहरुले बताउनुभयो ।
लिखुपिके गाउँपालिकामा मौरी पाल्न इश्छा देखिएका कृषकलाई पनि मौरी सम्बन्धि जानाकारि नभएका कृषकको लागि यस्ता तालिम फलदायि रहेको लिखुपिके ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनुभयो ।
यस्तै तालिमका प्रशिक्षक जीबन नाथ बरालले १५ दिने तालिममा माहुरीको आधुनिक घर कसरी निर्माण गरिन्छ, स्वच्छ मह उत्पादन कसरी गर्ने, ब्यबसाहिक हिसाबले मौरी कसरी पाल्न सकिन्छ लगायतका बिषयमा थुप्रै ज्ञान प्राप्त कृषकले पाएकोले तालिम फलदायी भएको बिश्वास गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष धुर्बबहादुर बस्नेतले तालिममा सिकेका सिपलाई ब्यबहारमा प्रयोग गर्दै ब्यबसाहिक बन्न आग्रह गर्नुभयो ।
त्यस्तै वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेतले मौरी पाल्ने इश्चुक कृषकलाई आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । समापन कार्यक्रममा लिखुपिके कृषि शाखा प्रमुख रितेश चौधरी ,वडा न ४ कि कृषि प्राबिधिक सपना भण्डारी लगायतले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
लिखुपिके वडा न २, र ३ को पहलमा यस्तो तालिम सञ्चालन भयो यो खुसिको कुरा हो । तर तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा परिणाम गरी ब्यबसाहिक बन्न सके एकातिर बेरोजगार घटन सक्छ भने अर्को तिर आम्दानीको श्रोत पनि बढ्न सक्छ ।



















Discussion about this post