सोलुखुम्बु-
हिमालयण प्रोजेटद्वार चन्द्रज्योती माबिलाई २ लाख ४३ हजार भन्दा माथिको शैक्षिक सामाग्री सहयोग मिलेको छ । Himalayan poject Nepal Hipron Nepal का कार्यकारी निर्देशक जानकी खडकाले पुस्तकालयका लागि १ लाख २५ हजार रुपैयाँको बिभिन्न पुस्तकहरु र विज्ञान प्रयोगशालाको लागि १ लाख १८ हजार रुपैयाँ बराबरको बिबिध सामाग्रीहरु बिद्यालयलाई सहयोग गर्नुभएको हो । 
बिगत लामो समयदेखि डेनमार्कमा रहेको हिमालयण प्रोजेट मार्फत बिभिन्न माध्यमबाट सहयोग संकलन गरी यस्तो सामाग्रीहरु चन्द्रज्योती माबिलाई सहयोग गरिदै आएको निर्देशक खड्काले बताउनुभयो । साथै लिखुपिकेको मायाँ र सदभाब सँधै अटुल रहिरहेको भन्दै बितरण भएका सामाग्रीको सहि सदुप्रयोग गर्दै बिद्यार्थीको शैक्षिक गुणस्तर अझ सहर्ज हुने बिश्वास गर्नुभयो । साथै उहाँले शैक्षिक क्षेत्रमा गुणस्तर ल्याउन सकेमात्र देशमा दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो । लिखुपिके गाउँपालिका शिक्षा शाखाका संयोजक रेखराज बस्नेतको प्रमुख आतिथ्यता तथा चन्द्रज्योती माबि भकान्जेका प्रधानध्यापक लाक्पा शेर्पाको अध्यक्षतामा एक कार्यक्रम बीच उक्त सामग्री बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
उक्त सामग्री पाएपछी साना साना बिद्यार्थीहरु खुसि हुँदै बिगत देखिनै हिमालयण प्रोजेक्टले बिद्यार्थीलाई आबश्यक पर्ने शैक्षिक सामाग्री लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेकाले फुलमाला र खाताले स्वागत र सम्मान गरे ।
हिमालयण प्रोजेटले बिगत लामो समय देखि यो क्षेत्रको शैक्षिक सुधारमा टेवा पुर्याउँदै आएको छ । चन्द्रज्योती माबिमा शैक्षिक गुणस्तरको निम्ति हिमालयण प्रोजेक्टले गरेको यस्ता सहयोगको निम्ति बिद्यालय परिबार सँधै धन्यबादको पात्र बनिरहने चन्द्रज्योती माबिका प्रधानध्यापक लाक्पा शेर्पाले बताउनुभयो । 



















Discussion about this post