लिखुपिके ५ को चन्द्रज्योती माबिमा अन्तरक्रिया कार्यक्रम

सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा न ५ भकान्जेमा रहेको चन्द्रज्योती मा.बि. मा अन्तरक्रिया कार्यक्रम शिक्षा शाखा संयोजक रेखराज बस्नेतको आतिथ्यतामा सम्पन भएको हो । अन्तरक्रिया कार्यक्रममा चन्द्रज्योती माबिका शिक्षक लगायत शिक्षा सँग सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बिद्यालयको शैक्षिक,भौतिक, र प्रशासकिय अबस्थाको बारेमा अनुगमन समेत गरिएको शिक्षा शाखा संयोजक रेखराज बस्नेतले बताउँनुभयो ।
त्यस्तै संयोजक बस्नेतले अन्य बिद्यालयको तुलनामा बिद्यालयको शैक्षिक गुणस्तरमा चन्द्रज्योती माबि अगाडि रहेको बताउनुभयो । त्यस्तै बिद्यालयको थप शैशिक गुणस्तरमा बृद्वि गराउनमा शिक्षा शाखाको दायित्व रहेकोले पालिका लगायत माथिल्लो निकाएमा समेत ध्यानाकर्षण गराउन समेत आग्रह गरे ।
आजै लिखुपिके गाउँपालिका वडा न ५ मा रहेको छिम्बु आधारभुत बिद्यालयले नयाँ बिद्यालय ब्यबस्थापन समिती पाएको छ । लिखुपिके गाउँपालिकाका शिक्षा शाखा संयोजक रेखराज बस्नेतको उपस्थितिमा एक कार्यक्रमको बीच बुधबार (आज) काजी थामीको अध्यक्षतामा ११ सदस्ययी नयाँ बिद्यालय ब्यबस्थापन समिती गठ्न भएको बुद्व माबिका शिक्षक दिपेन्द्र कार्कीले सिधा प्रेसलाई जानाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार