इलाका प्रहरी कार्यालय खिजिफलाटे ओखलढुंगाका प्रहरी प्रमुख मृत भेटिए

ओखलढुंगा। ओखलढुंगामा कार्यरत प्रहरी निरिक्षक सोलुखुम्बुमा मृत भेटीएका छन् । ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरिक्षक श्रीप्रसाद राई मृत भेटिएका हुन् ।
खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केहिदिन अगाडी मात्र घर विदामा सोलुखुम्बु जिल्लाको वासा गएका थिए । उनी आफ्नै घरमा मृत भेटिएका हुन् । सोमबार बेलुका साथिभाइसँग रमाईलोका साथ खानपिन गरेर सुतेका राई विहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी दिए । आफुले घटनाको बारेमा परिवारसँग बुझ्दा राईले साथिभाइसँग रहेर सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको तर मंगलबार विहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार