रावादोलुमा महिला तथा पुरुष भलिबल प्रतियोयिता हुने

ओखलढुंगाको रावादोलुमा खुल्ला महिला तथा खुल्ला पुरुष भलिबल प्रतियोयिता हुने भएको छ । युवा तथा खेलकुद विकास समिति रावादोलुको आयोजनामा अन्तर वडास्तरिय फोर ए साइड खुल्ला महिला तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । आगामी पौष १ देखि ३ गते सम्म हुने प्रतियोगिताका लागि धमाधम टिम दर्ता भैरहेको संयोजक विजय लामाले जानकारी दिए ।

महिला प्रतियोगिहरुका लागि पुरस्कारको राशीहरु प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रमश ७ हजार ५ हजार र ३ हजार राखिएको छ । टिम दर्ता शुल्क रु ५०० निर्धारण गरिएको छ । त्यस्तै खुल्ला पुरुष प्रतियोगिताका लागि पुरस्कारको राशीहरु प्रथम,द्धितिय र तृतिय हुने टिमलाई क्रमश ३० हजार, १५ हजार र १० हजार राखिएको छ । पुरुष टिम दर्ताका लागि २ हजार ५०० दर्ता शुल्क राखिएको आयोजकले जनाएको छ ।

खिजीदेम्बा गाउँपालिका अन्तरगत सबै वडाका इच्छुक महिला तथा पुरुष खेलाडिहरुले समयमै टिम दर्ता गराउन अनुरोध गरिएको खेलकुद प्रतियोगिता संयोजक लामाले बताए । उक्त प्रतियोगिताको प्रायोजन रावादोलु गाउँपालिका वडा नम्बर ७ ले गर्ने बताइएको छ । प्रतियोगिता वडा नम्बर ७ को खेलमैदान बुक्तेलमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार