सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा ५ दिने एसटीइएमएस तालिम सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिकासँगको समन्वयमा रिड नेपालको आयोजनामा आजदेखि जन जागृति माध्यमिक विद्यालयमा तालिम सुरु भएको हो ।
सामुदायिक विद्यालयको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्धेश्यले विज्ञान, प्रविधि, गणित, अंग्रेजि र सामाजिक विषयको विषयगत तालिम प्रदान गरिने रीड नेपालका शिक्षा विकास संयोजक केसव गिरीले सिधा प्रेसलाई जानाकारी दिनुभयो । गिरीका अनुसार तीन समूहमा विभाजन गरेर तालिम सञ्चालन हुनेछ ।
सोलुखुम्बु जिल्लाको विभिन्न १९ वटा विद्यालयका ५३ जना आधारभूत तहका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।
मंसिर २७ गतेसम्म सञ्चालन हुने तालिममा रीड नेपालका प्रशिक्षक राजेन्द्र पन्त, मुत्ति घिमिरे, जनकराज जोशि, मीन रीजाल, सुजाता राई, राजिव ढुंगाना, सन्जिव गौतम, विष्णु उपाध्याय र ऋषिकेष आचार्यले सहजिकरण गर्ने शिक्षा विकास संयोजक गिरीले बताउनुभयो ।
तालिमको उद्घाटन सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले रीड र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले गर्नुभयो ।



















Discussion about this post