सोलुखुम्बु-शुन्दर समाज निर्माणको चाहाना सक्षम प्रतिस्पर्धी बालबालिकाको भाबणा भन्ने आदर्श वाक्य सहित लिखुपिके गाउँपालिका वडा न ३ को प्रयोजनमा तथा हिमगंगा माबिको आयोजनामा लिखुपिके गाउँपालिका भित्र सञ्चालित अन्तर बिद्यालय स्थरिय बिभिन्न प्रतियोगिता हिमगंगा माबिको प्रागनमा सुरु भएको छ ।
कार्यक्रमा अन्तर माबि स्थरिय छात्र भलिबल प्रतियोगिता, माबि स्थरिय छात्रा बक्तित्वकला प्रतियोगिता, अन्तर निमाबि स्थरिय हाजिरी जबाफ प्रतियोगिता, अन्तर प्राबि स्थरिय नृत्य प्रतियोगिता, अन्तर प्राबि स्थारिय हिसाब दौड प्रतियोगिता रुख चढ्ने प्रतियोगिता हुनेछन ।
हिमगंगा माबिका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नारायण बहादुर बस्नेत (नबराज) को अध्यक्षता तथा लिखुपिके गाउँपालिका अध्यक्ष मिना बस्नेत(कार्की) को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सुरु भएको हो । प्रतियोगितामा ३ वटा माबिका गरी ६ टिम छात्रहरु भलिबल प्रतियोगितामा सहभागि छन । भलिबल खेल चलिरहेको छ भने बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । बक्तित्वकला प्रतियोगिता तर्फ भने चन्द्रज्योती माबिकी छात्रा सरिना बस्नेत प्रथम, हिमगंगा माबिकी छात्रा निकिता कार्की द्वितिय र बुद्व माबि गोलीकी छात्रा अनुशा थापाले तृतिय स्थान हाँसिल गरेका छन । बिजेता छात्राहरुलाई पुरस्कार भने २४ गते प्रदान गरिने आयोजकले जनाएको छ ।
उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना बस्नेत(कार्की) उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत लगायत बिभिन्न बिद्यालयका प्रधानध्यापक , शिक्षक , बिद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो ।



















Discussion about this post