सोलुखुम्बु-एक एक दाना जम्मा गरे भरिन्छ भकारी दु:ख सुखमा साथ दिने सहकारी भन्ने मुल नारासहित स्थापना भएको जन्मभुमि बचत तथा ऋण सहकारी संस्थाको १२ओैँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२६ जना सेर सदस्यबाट सुरुवात गरिएको उक्त सहकारी संस्थामा हाल महिला ४२२ र पुरुष ५६६ गरि ९८८ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष रमेश कुमार बस्नेतले सिधा प्रेसलाई बताउनुभयो ।
संस्थाको कुल पुँजी ६ करोड ७२ लाख ३५ हजार ७७ रहेको छ भने आर्थिक बर्ष २०७८/०७९ मा संस्थाले गरेको कारोबार ८ करोड २० लाख ९ हजार २ सय ३३ २०७८/०७९ को खुद नाफा १५ लाख ६० हजार ७ सय ६७ रहेको संस्थाका कोषाध्यक्ष ढालक बहादुर बस्नेतले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका कोषाध्यक्ष ढालक बहादुर बस्नेतले संस्थाको जति प्रगती भईरहेको छ त्यो सेर सदस्यको प्रगती भएको बताउनुभयो । साथै उहाँले ऋण लिँदा सकेसम्म ब्यबसायि कामको लागि लिने र संस्थाको आर्थिक पाटोमा कसैले पनि समस्या आउने खालको काम नगर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै लिखुखोला कृषि सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ सोलुखुम्बुका सदस्य पोष्ट कुमार कार्कीले सहकारी दुई शब्द सह + कार्य मिलेर बनेकोले। सहको अर्थ सगै र कार्यको अर्थ काम गर्नु अर्थात सगै बस्नु, सँगै मिलेर काम गर्नु, सगै चिन्तन गर्नु भएकाले सहकारीको माध्यमबाट धेरै आर्थिक बचतको ठुलो महत्त्व रहेको बताउनु भयो । साथै उहाँले सहकारीका समस्यालाई जिल्ला सहकारी संघ सम्म पुर्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
साधरण सभालाई सम्बोधन गर्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत) ले लिखुपिके गाउँपालिका भित्र रहेका महिला सहकारी बन्द हुने अबस्थामा पुगेको समेत गुनासो गर्नुभयो । महिला सहकारीमा महिला नृत्रित्व गर्नुपर्ने र सक्षम महिला संस्थामा नभएकै कारण यस्तो समस्या आएको समेत बताउनुभयो । त्यस्तै गाउँपालिकामा सहकारी ऐन पनि छिट्टै बन्ने बताउनभयो ।
संस्थाका सचिब तेज बहादुर बस्नेत(बिनोद) ले सहकारीको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै गाउँगाउँमा छरिएर बसेका हरेका ब्यक्तिको आर्थिक समस्याको समधान गर्ने माध्यम सहकारी भएकाले अन्य आसपासका सहकारीले गरिएको आर्थिक हिनामिना हुन्छनकी भनेर चिन्ता गर्ने अबस्था यस सहकारीमा नआउने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता लाई नगद सहिता सम्मान पत्रद्वार सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न स्थानिय बाल कलाकारहरुले बालगितमा नृत्यहरु प्रस्तुत गरेका थिए । उनीहरुलाई हौसला स्वारुप शैक्षिक सामाग्री बितरण गरिएको थियो भने गाउँपालिका अध्यक्ष मिना बस्नेत(कार्की) ले समेत केहि नगद प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा , वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत लगायत शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम उपस्थित शेयर सदस्यलाई खाजा खर्च बापत नगद रु ३ सय र १० हजार भन्दा माथि शेयर हुने सदस्यलाई मुनाफा बाँडिएको थियो । त्यो भन्दा कम हुने सदस्यको हकमा खातामा जम्मा गरिने पनि बताईएको छ ।
कोको सेर सदस्यले पाए सम्मान
१ राधिका कार्की लिखुपिके २
२ ङिमी शेर्पा लिखुपिके २
३ कमल बहादुर बस्नेत २
४ भिम बहादुर कार्की २
५ गेल्जे शेर्पा ३
६ गंगामायाँ शाक्य ३



















Discussion about this post