समानुपातिक मतगणना अन्तिम चरणमा

काठमाडौ-समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ३ लाख ९२ हजारभन्दा बढी मतगणना सकिएको छ । एमालेले सबैभन्दा बढी २७ लाख ७९ हजार मत पाएको छ ।

कांग्रेसले २६ लाख ४८ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार र जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएका छन् ।

एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतपरिणामले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार