सोलुखुम्बु- स्थापन्न उदमीहरुका लागि स्थरउन्नती कार्यक्रम अन्तर्गत १५ दिने आधुनिक माहुरी घार निर्माण तथा प्रर्दशन सम्बन्धि तालिम लिखुपिके गाउँपालिकामा सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यलय सोलुखुम्बुको आयोजनामा सञ्चालन भएको उक्त तालिममा लिखुपिके गाउँपालिका वडा न २ र ३ का मौरिपालक कृषकहरुको सहभागिता रहेको छ । भने वडा न ४ का केहि कृषक सहभागी रहेका छन ।
शुक्रबारबाट पौष १ गते सम्म सञ्चालन हुने तालिमको उदघाटन गर्दै लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की (बस्नेत) ले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गरि मौरी पालन गर्न कृषकलाई आग्रह गर्नुभयो । साथै उहाँले तालिममा महिला सहभागिता सुन्य रहेकोले यस्ता तालिमममा महिलाको पनि सहभागिता भएमा थप प्रभाबकारी हुने बताउनुभयो । उदघाटन कार्यक्रममा उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा, वडा न २ का वडा अध्यक्ष मणिराज बस्नेत, वडा न
३ का वडा अध्यक्ष धुर्ब बहादुर
बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै तालिमका प्रशिक्षक जीबन नाथ बरालले १५ दिने तालिममा माहुरीको आधुनिक घर कसरी निर्माण गरिन्छ, स्वच्छ मह उत्पादन गरी ब्यबसाहिक हिसाबले मौरी कसरी पाल्न सकिन्छ लगायतका बिषयमा थुप्रै ज्ञान प्राप्त गर्न सकिने भएकाले पनि तालिम फलदायी हुनेमा बिश्वास गर्नुभयो ।



















Discussion about this post