सोलुखुम्बु : सोलुखुम्बुमा गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ विस्तारै जाडो बढेसँगै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । हिमाली जिल्ला सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ, राई जातिहरुले पुस्तौं अघिदेखि अङ्गाल्दै आएको भेडापालन अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नमिल्ने भएकाले सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनु पर्ने भेडापालक कृषकहरु बताउँछन् ।
भेडा पालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन हुने भएकाले पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशानै संकटमा पर्दै जान थालेको सोलुखुम्बु र ओखलढुंगाका भेडा पालक कृषकहरु बताउँछन ।
हिमालमा चिसो शुरु भएकाले मध्य पहाडी भेगका जङ्गलहरुमा अधिकाँश भेडागोठहरु झर्दै गरेको देखिन्छन् ।पछिल्लो समयमा भेडिगोठहरु कमै भेटिन्छन ।



















Discussion about this post