शिंहसेतीदेबी आ.बि.को मुहार फेरियो

सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ४ खाम्दिङमा रहेको शिंह सेतीदेबी आधारभुत बिद्यालयको मुहार फेरिएको छ । लिखुपिके गाउँपालिका वडा न ४ बाट छुट्टयाइएको २ लाख बजेटबाट २ कोठे भबणको भित्रि र बाहिरी प्लस्टर तथा रङरोकन भएपछी अहिले बिद्यालय चिटिक्क देखिएको छ ।

कार्त्तिक २ गते सम्झौता भई उक्त २ लाखबाट बिद्यालयको प्लस्टर तथा रङ रोपन गरि बुधबार वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत , वडा सदस्य प्रेम कुमार बस्नेत, महिला सदस्य डोमा शेर्पा ,पुर्ब जिल्ला समन्वय सोलुखुम्बुका सदस्य चरित्र बहादुर भुजेल वडा न ४ का सब इन्जिनियर सुधर्सन यादब लगायत अबिभाबकहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई समेत गरी उक्त कामको खर्च बिबरण प्रस्तुत गरिएको बिद्यालय अध्यक्ष कृष्ण बहादुर खत्रीले बताउनुभयो ।

त्यस्तै वडा न ४ भित्र रहेको सड्क कुडार स्थित पैराखोलाको ५ लाखको तार जालीवालको उपभोक्ता समिती र ठेल्मा , देउराली जाने २ लाखको गोरेटो बाटोको समेत उपभोक्ता समिती गठ्न भएको छ । उपभोक्त समिती गठ्न गर्दै वडा अध्यक्ष बस्नेतले उपभोक्त समितीले राम्रो काम गरेमा बर्षमा वडा भित्र रहेका समिती मध्यको एक उपभोक्त समितीलमई सम्मान गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार