निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन:मतदान

दोलखा: निर्वाचन आयोगले दोलखाका १० केन्द्रमा पुन:मतदान गर्ने निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले १० केन्द्रमा मंसिर १५ गतेभित्र मतदान गराउन निर्देशन दिएको हो।

आयोगले दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै पुन मतदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्दै पुन निर्वाचन गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा यही मंसिर १५ गतेभित्र पुन मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ ।

यी हुन पुन मतदान हुने मतदान केन्द्रहरु

१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)

२) वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ को जनज्योति( क,ख)

४) तामाकोसीको हेल्थपोस्ट (क,ख)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार