सोलुखुम्बु
लिखुपिके गाउँपालिका १ गुम्बामा नेपाल टेलिकमको रिपिटर टावर सञ्चालनमा आएको छ । लिखुपिके गाउँपालिकालाई सहज रुपमा सञ्चार सेवामा जोडनका लागि वडा न १ गुम्बा डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पाले सिधा प्रेसलाई बताउनुभयो ।
तत्कालीन वडा अध्यक्ष तथा हाल लिखुपिके गा पा उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाको पहलमा उक्त टावर सञ्चालनमा आएको ओखलढुंगा टेलिकम प्रमुख दिनेश चन्द्र पन्थीले बताउनुभयो ।
आइतबारबाट पुर्ण संचालित भैइ 4G र 2G सेवा संचालन भएपछी सञ्चारबाट बन्चित लिखुपिके १ को गेप्चुका, नागथान,लगायत लिखुपिके बिभिन्न ठाउँमा टेलिफोनले राम्रो काम गरेको सेवाग्राहीहरुले बताएका छन ।
लामो समयको प्रयास पछी उक्त टावर निर्माण भएको हो । यसअघि टावर संञ्चालन हुने भनियता पनि प्राबिधिक कारण बस टावर सञ्चालन हुन सकिरहेको थिएन ।



















Discussion about this post