सोलुखुम्बुमा प्रतिनिधी तर्फ कस्ले मार्ला बाजी

सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका मानबीर राईले आफ्नो अग्रता कायम राखेका छन् । राईलाई गठबन्धनबाट नेपाली कांग्रेसका बल बहादुर केसीले पछ्याईरहेका छन् । एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा
प्रतिनिधि सभा तर्फ हालसम्म २२५९६ गणना हुँदा एमालेका मानबिर राईले १०६१२ मत प्राप्त गर्दै अग्रता लिएका छन भने नेपाली काँग्रेसका उम्मेदवार बल बहादुर केसीले ९६२८ प्राप्त गर्दै पछ्याई रहेका छन । एमाले राईको अग्रता ९८४ रहेको छ । त्यस्तै प्रदेश सभा (क)
उत्तम बस्नेत (नेकपा-एमाले)७,५०० ल्याएका छन भने गोम्बु शेर्पा (नेकपा-माओवादी)८,७१० प्राप्त गर्दै
अग्रता १,२१० ले लिइरहेका छन । मत गणनाको सुरुवात देखि नै अग्रता लिएका राई अहिले सम्म अघि नै देखिएका छन् ।
रफ्तारले मत गणना हुँदा विहिबार विहान सम्म सबै मत परिणाम आईसक्ने अनुमान लगाउन सकिन्छ ।

मंसिर ४ को निर्वाचनमा जिल्लामा ४० हजार ३३३ मत खसेको छ । यहाँ ८१ हजार ५०२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार