सोलुखुम्बु : सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका मानबीर राईले आफ्नो अग्रता कायम राखेका छन् । राईलाई गठबन्धनबाट नेपाली कांग्रेसका बल बहादुर केसीले पछ्याईरहेका छन् ।
एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा १८ हजार ३०१ मत गणना हुँदा राईले ८ हजार ६२४ मत प्राप्त गरेका छन् भने केसीले ७ हजार ७३९ मत प्राप्त गरेका छन् ।
उनीहरु विचको मतान्तर ९१५ रहेको छ । मत गणनाको सुरुवात देखि नै अग्रता लिएका राई अहिले सम्म अघि नै देखिएका छन् । यद्यपी मतान्तरलाई भने केसीले घटाईरहेका छन् ।
यस अघि सम्म १०३९ मतान्तर रहेकोमा सल्यान क्षेत्रको मतगणना सुरु भएपछि मतान्तर घटेर ९१५ मा झरेको छ । यहि रफ्तारले मत गणना हुँदा विहिबार विहान सम्म सबै मत परिणाम आईसक्ने आँकलन गरिएको छ ।
मंसिर ४ को निर्वाचनमा जिल्लामा ४० हजार ३३३ मत खसेको छ । यहाँ ८१ हजार ५०२ मतदाता रहेका छन् ।



















Discussion about this post