काठमाडौँ ६ को (ख)मा नेकपा (एमाले)का अमनकुमार मास्के विजयी

काठमाडौँ ६ को (ख)मा नेकपा (एमाले)का अमनकुमार मास्के विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतगणनामा मास्के आठ हजार ५९ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।
मास्केका प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१ मत प्राप्त गरेका छन्।त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार