सोलुखुम्बु :सोलुखुम्बुको ६ स्थानीय तहको मतपेटिका सदरमुकाम सल्लेरी ल्याइएको छ । लिखुपिके गाउँपािलका र खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेकका ११९ मतदान केन्द्रको मतपेटिका सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ को २ वटा मतदान केन्द्रको मतपेटिका गाडी मार्फत ल्याइएको छ भने ९ वटा मतदान केन्द्रको मतपेटिका हेलीकप्टर मार्फत ल्याउने तयारी भइरहेको साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।
लिखुपिके गाउँपालिकाको ७ वटा मतदान केन्द्रको मतपेटिका गाडी मार्फत ल्याइदै छ । आइतवार सम्पन्न मतदानमा सोलुखुम्बुमा ४८.३८ प्रतिशत मत खसेको छ । ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा करिब ४० हजारले मतदान गरेको बताइएको छ । राजनितिक दलहरुसँग सोमबार सर्वदलिय बैठक गरी मतगणना सुरु गरिने तयारी रहेको बताइएको छ । सोलुखुम्बुको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ ।



















Discussion about this post