सोलुखुम्बु । सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उमेद्धारहरुले विभिन्न केन्द्रबाट मतदान गरेका छन । उमेद्धारहरुले आ-आफनो मतदान केन्द्रबाट मतदान गरेका हुन ।
नेकपा एमाले सोलुखुम्बुका प्रतिनिधि सभा सदस्यतर्फका उमेद्धार मानवीर राईले माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ स्थित चन्द्रोद्वय आधारभूत विद्यालय, ठुल्ढुंगा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उमेद्धार राईका अनुसार उहाँले बिहान ८ः३० मा मतदान गर्नुभएको हो ।
यस्तै प्रदेश सभा सदस्य क का उमेद्धार उत्तम कुमार बस्नेतले थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ स्थित काँगेल आधारभूत विद्यालय बाहुण्डीमा रहेको केन्द्रबाट बिहान ८:00 मा मतदान गर्नुभएको बताउनुभयो ।
प्रदेश सभा सदस्य ख का उमेद्धार बुद्धीकुमार राजभण्डारीले सोलुदुधकुण्ड नगरपालिका स्थित दोर्पु आधारभूत विद्यालय छुल्यामुबाट मतदान गर्नुभएको छ ।
उमेद्धार राजभण्डारीले बिहान ८ः१० मा मतदान गर्नुभएको बताउनुभयो ।
तीनै जना उमेद्धारहरुले बिहान ९ बजे भन्दा अगाडि नै मतदान गरेकोे उल्लेख गर्नुभयो ।
अन्य उमेद्धारहरुले कताबाट गरे मतदान
यसैबिच गठबन्धनका प्रतिनिधि सभा सदस्यतर्फका उमेद्धार बल बहादुर केसीले विपि संस्कृत माध्यमिक विद्यालय नेचासल्यानबाट मतदान गर्नुभएको छ ।
यस्तै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ का उमेद्धार गम्बु शेर्पा कज्र्याङले चेपेल आधारभुत विद्यालय सोताङ पावैबाट मतदान गर्नुभएको छ भने प्रदेश सभा ख का उमेद्धार शिव बहादुर बस्नेत राजेन्द्रले बुद्ध मावि गोलिबाट मतदान गर्नुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाका प्रतिनिधि सभा सदस्यका उमेद्धार ज्ञानेन्द्र बहादुर बस्नेतले जिवन ज्योति मावि नेले, प्रदेश सभा सदस्य क का उमेद्धार नर बहादुर बस्नेतले जोगरा आविबाट, प्रदेश सभा सदस्य ख का उमेद्धार प्रेमहरी दाहालले बुद्ध मावि गोलिबाट र प्रदेस सभा सदस्य समानुपातिकका उमेद्धार एजि शेर्पाले केरुङ माविबाट मतदान गर्नुभएको छ ।
यसैगरि जनता समाजवादि पार्टिका प्रतिनिधि सभा सदस्य उमेद्धार लाक्पा शेर्पाले जन जागृति माध्यमिक विद्यालय सल्लेरीबाट मतदान गर्नुभएको छ । यस्तै प्रदेश सभा क का उमेद्धार भत्त बहादुर राईले खहरे आधारभुत विद्यालय सोताङबाट मतदान गर्नुभयो भने प्रदेश सभा ख का उमेद्धार महेस राणा मगरले खरिखोला माविबाट मतदान गर्नुभएको छ ।



















Discussion about this post